आइसीसीले यो बर्षको अक्टोबर नोभेम्बरमा हुने टी २० विश्वकप एक बर्षका लागि सारेको छ । यसले गर्दा २०२३ सम्मको विश्वकपको मितीमा फरक परेको छ । यो बर्ष हुने भनिएको टी २० विश्वकप २०२१ मा सरेको छ भने २०२१ मा भारतमा हुने भनिएको विश्वकप २०२२ मा सरेको छ । यस्तै भारतले नै २०२३ मा एकदिवसिय विश्वकप गर्ने तालिका छ ।

तर आइसीसीले अहिले प्रतियोगिताको मितीमात्र तोकेपनि २०२१ र २०२२ को टी २० विश्वकप पहिला कसले गर्ने भन्ने एकिन गरेको छैन । तर भारतले २०२३ मा एकदिवसिय विश्वकप गर्नुपर्ने भएकाले २०२१ को टी २० विश्वकप गर्ने इच्छा राखेको बीसीसीआईका एक पदाधिकारीले क्रिकइन्फोलाई बताएका छन । यो टी २० विश्वकपको मिती सरेपछि नेपाललाई २ बर्षमा २ वटा विश्वकप खेल्ने मौका आएको छ ।

आइसीसीले २०२० मा हुने विश्वकपका लागि सबै छनोट प्रक्रिया सम्पन्न गरिसकेको थियो । जसमा नेपाल बाहिरीसकेको थियो । अब यो बर्ष हुने टी २० विश्वकप एक बर्ष सरेपछि अहिले नै छनोट भएका टिमले त्यो विश्वकप खेल्नेछन । किनकी आइसीसी फेरी छनोट प्रक्रिया गरेमा खर्च बढाउने योजनामा छैन ।

नेपालले सक्ला त २ बर्षमा २ विश्वकप खेल्न ?

तर अब नेपालका लागि २०२२ मा हुने टी २० विश्वकप र २०२३ को एकदिवसिय विश्वकप खेल्ने मौका भने रहेको छ । यस्तो भएमा नेपाललाई दुई बर्षमा दुई वटा विश्वकप खेल्ने सुनौलो अवसर छ ।

२०२२ को अक्टोबर र नोभेम्बरमा हुने विश्वकपमा लागि आइसीसीले छनोट प्रक्रिया गर्न बाँकी रहेको छ । जसमा नेपाल टी २० अन्तराष्ट्रियमा बरियताका आधारमा क्षेत्रीय छनोट खेल्नु पर्ने छैन । त्यसैले नेपालले सोझै ग्लोबल छनोट खेल्नुपर्नेछ । यसमा २०२१ को पुछारमा रहेका चार टिम र २०२० को जनवरी एक तारिखसम्म टी २० बरियतामा शिर्ष १२ पछि रहेका चार टिम, क्षेत्रीय छनोटबाट आएका आठ टिम विच ग्लोबल क्वालिफायर्स हुनेछ ।

टेष्ट देशपछि बरियतामा माथि रहेका नेपाल, युएई, जिम्बावे र हङकङ छन । अफ्रिका, अमेरीका, एशिया, इष्ट एशिया प्यासिफिक, युरोपबाट छनोट भएर आएका आठ टिम आउनेछन । त्यसमा दुई देश युरोपबाट र दुई देश अफ्रिकाबाट ग्लोबल छनोटमा प्रवेश पाउनेछन । २०२२ को विश्वकपका लागि ग्लोबल छनोट २०२१ को मार्च देखि जुलाईको विचमा हुनेछ । जसमा सुमह ए बाट दुई टिम र समुह बी बाट दुई टिम गरेर चार टिमले विश्वकपमा स्थान बनाउनेछन । यसमा नेपालले विश्वकप खेल्ने सुनौलो मौका रहेको छ ।

अर्को २०२३ को एकदिवसिय विश्वकप जुन आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा शिर्ष तीनमा हरेमा विश्वकप छनोट खेल्न पाउनेछ । चौथो भएमा प्लेअफ खेलेर विश्वकप छनोट खेल्न पाउनेछ । विश्वकप छनोटमा १० टिम विच प्रतिस्पर्धा हुनेछ । जसमा शिर्ष दुई टिमले भारतमा हुने विश्वकप खेल्नेछन । अब यसका लागि नेपालले विश्वकप लिग टु मा राम्रो गरेर कम्तिमा शिर्ष चारमा पुग्नुपर्नेछ । त्यसपछि विश्वकप छनोटमा राम्रो गर्नुपर्नेछ । २०२३ को विश्वकप नेपालका लागि एकदिवसिय मान्यता जोगाउने मौका पनि रहेको छ ।

विश्वकप लिग टु कोरानाका कारण फेब्रेवरी मार्चमा हुनेपर्ने अक्टोबर, नोभेम्बरमा सरेका छन । केहि समय क्यालेन्डर स्थगित हुँदा लिग र छनोट चरणका खेलका लागि अझ केहि समय लाग्ने देखिएको छ ।

यस्तैमा आइसीसीले आफ्ना बोर्ड सदस्यहरुलाई त्राइमासिक रकम पठाएको छ । २०१७ मा पारित भएको फाइनान्सियल मोडल अनुसार जुलाईमा पठाउनुपर्ने रकम आइसीसीले पठाएको क्रिकइन्फोले बताएको छ । यो हिसावले नेपाल क्रिकेट संघमा पनि आइसीसीले पठाउनुपर्ने र रोकिएको केहि रकम आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय