पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सम्म ३९८,९०७ जनाको कोरोना परिक्षण गरिएको छ । जस अन्तर्गत उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । त्यस्तै १४,९६१ जना निको भएर घर फर्किसकेका छन् । यो संक्रमणका कारण विश्वभरमा ६९३,३९५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय