
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३० जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कुल १५,१५६ जनाले कोरोनालाई जितेका छन् ।
नेपालमा हाल सम्म ४१२,९५३ जनाको कोरोना परिक्षण गरिएको छ । यो संक्रमणका कारण हाल सम्म ६० जनाको ज्यान गएको छ । देशभरमा हाल आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ भने देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।