काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरमा भने संक्रमण भेटिएको छैन ।

निवासमा कार्यरत कुन दर्जाका सुरक्षाकर्मीमा संक्रमण देखिएको भने खुल्न सकेको छैन ।

यसअघि सभामुख अग्नी सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा समेत कोरोना देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय