काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपी गणेशबहादुर ऐरसहित नौ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
जसअनुसार पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा सिफारिसमा परेका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका १४ जना एसएसपीमध्ये ७ जना बढुवा सिफारिसको सूचीमा अटाएका छन् भने एआईजी विश्वराज पोखरेलका दुई जना एसएसपीहरू बढुवा सिफारिसमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय