प्राइम खबर संबाददाता | माघ १, २०७७ बिहिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित साथी शिक्षा सहकारी संस्था लिमिटेडको बुधबार सम्पन्न ८ औं  वार्षिक साधारण सभाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाबाट सञ्चालित बाल निकेतन आवासीय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक श्याम कार्की लाई सम्मान गरिएको हो । 
विद्यालयमा निरन्तर रूपले विद्यार्थीहरुलाई पारिवारिक वातावरणमा गुणस्तरीय शिक्षा दिंदै आइरहेका कार्की विद्यालयका नियमित शिक्षक हुन । उनलाई विद्यालयका अधिकांश विद्यार्थीहरूको रोजाइमा पर्ने मेहनती र इमान्दार शिक्षकको रूपमा लिइन्छ । 
उनी शिक्षण पेशा सँगै पत्रकारिता क्षेत्रमा नी निक्कै अब्बल मानिन्छन् पत्रकारितामा समेत उनको रुचि रहेको हुँदा पत्रकारिताको माध्यम बाट उनले समाजमा हुने विकृति विसंगती का विरुद्ध पनि निकै कलम चलाएका छन । 
पत्रकारिताको माध्यमबाटै समाजसेवामा पनि निकै सक्रिय रूपले लागि परेका कार्की लाई उनको प्रतिभाको कदर गर्दै सम्मान सम्मान गरेको  आयोजक संस्थाले जनाएको छ ।