प्राइम खबर संबाददाता | मंसिर २९, २०७९ बिहिबार

बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। सपरिवार नेपाल घुम्न आएका ओबरायले बिहीबार साँझ खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।  प्रचण्डलाई भेट्न विवेकसँगै उनका बुवा सुरे ओबराय पनि खुमलटार पुगेका थिए।