प्राइम खबर संबाददाता | मंसिर २९, २०७९ बिहिबार

रौतहट स्थित गढीमाई नगरपालिकामा रहेको समनपुरमा ७ करोड ९२ लाख लागतमा बन्ने कोल्ड स्टोर ( शीत भण्डार) भवनको शिलान्यास भएको छ । बिहिवार गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले सो भण्डार भवनको एक समारोहबीच शिलान्यास गरेका हुन् ।


शीत भण्डार निर्माण भएसँगै किसानलाई प्रत्यक्ष लाभ पुग्ने नगर प्रमुख श्याम यादवले जनाए । कोल्ड स्टोरको अभावमा गढीमाई नगरपालिकाका कृषकहरूलाई पर्दै आएको मर्कालाई ध्यानमा राखेर कोल्ड स्टोर निर्माण कार्य अघि बढाइएको नगर प्रमुख यादवले  बताएका छन् ।



सिलान्यास कार्यक्रममा गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा अधिकृत कामेश्वर सहनी, वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादव लगायतका जनप्रतिनिधिहरू स्थानीयहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको स्थानीय राजु सहनीले बताएका छन्।