प्राइम खबर संबाददाता | पुस १, २०७९ शुक्रबार

नेकपा माओवादी केन्द्र रौतहटको जिल्ला समिक्षा तयारी बैठक सम्पन्न भएको छ । जिल्लाको मध्यभागमा अवस्थित गरूडामा शुक्रबार चुनावी समीक्षा कार्यक्रम आयोजना गर्न बैठक बसेको माओवादी केन्द्र रौतहटले जनाएको छ ।


बैठकमा उपस्थित अधिकांसले पार्टीका जिल्ला ईन्चार्ज युवराज भट्टराईले एकलौटी रूपमा मनोमानी ढंगले जिल्ला पार्टी चलाउन खोजेको आरोप लगाएको बैठकमा अनुपस्थित एक नेताले बताए ।  जिल्ला इन्चार्ज भट्टराईको कारण जिल्लामा पार्टीको संगठन निकै कमजोर बन्न पुगेको र उनी स्वयं आफ्नो निजी स्वार्थमा मात्र केन्द्रित हुँदा जिल्लाका स्थानीय तहको निर्वाचनमा समेत ठूलो धक्का पुगेको बैठकको ठहर रहेको जनाएको छ ।



पछिल्लो समय जिल्ला संयोजकको साटगाट ठेकेदार व्यापारी लगायतका व्यक्तिहरुसँग मात्र निकट रहेको हुँदा पार्टीमा ठेकदारी हावी भएको र पार्टीमा लामो समय सङ्घर्षरत कार्यकर्ताको मनोबल गिराउने कार्य भएको हुँदा सो विषयमा पार्टीले गम्भीररुपले समीक्षा गर्नुपर्ने सहभागी एक नेताले प्राइम खबरलाई बताए ।



माओवादी केन्द्र रौतहटका जिल्ला संयोजक देवेन्द्र पटेलको अध्यक्षतामा भएको बैठकमा जिल्ला अन्तर्गतका सम्पूर्ण मधेस प्रदेश समिति सदस्य रामन्दन महत्तो ,विपिन जैयसवाल, देवकि नेपाल, मुकेशकुमार गुप्ता ,जिल्ला जवस ईन्जार्ज, संयोजक, के.स. तथा उपलब्ध पालिका संयोजक तथा ईन्चार्जहरुको उपस्थिति रहेको माओवादी केन्द्रले बताएको छ।