प्राइम खबर संबाददाता | पुस २, २०७९ शनिबार
रौतहटमा शनिवार र सार्वजनिक बिदाको दिन सरकारी कार्यालयको गाडी दुरुपयोगको शृंखला बढ्दो छ।
आफनो कार्य क्षेत्रबाहेक अन्य क्षेत्रमा जान जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्राबधानलाइ लत्याउदै रौतहटका केहि जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले बिदाको दिन पनि गाडीको दुरुपयोग गर्ने गरेका छन ।
यसैबीच शनिबार चन्द्रपुर नगरपालिका वाड नं. १ स्थित नुन्थर क्षेत्रमा जिल्लाकै गुजरा नगरपालिकाको सरकारी गाडीेहरु मदिरा पसल अगाडी फेला परेका छन् ।
गुजारा नगरपालिकाको ना १ झ १६२६ र प्रदेश २– ०३ –००१ झ ००२१ नम्बरको गाडी रौतहटको नुनथरमा रहेको मदिरा पसल अगाडी दिनभरी देखिएको थियो ।
शनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारीहरु गाडी मदिरा पसल अगाडी राखेर मदिरामा लठ्ठ थिए ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जैसवाल र उप प्रमुख रत्ना लामा चढ्ने उक्त गाडीहरु भट्टीमा फेला परेपछि सो बिषयमा निमित्त कार्यकारी अधिकृत अहेव जयसवालसंग बुझदा उनले गाडीको बिषयमा आफुलाई केहि कुरा थाहा नभएको र उप मेयरले गाडी नुनथर लगेको हुन सक्ने भन्दै पन्छिएका थिए । तर उनी स्वयं नुन्थरमा नै रहेको र मदिरामा लठ्ठ रहेको स्रोतले बताएको छ।
शनिवार सो नगरपालिकाका अधिकांस सरकारी नम्बर प्लेटका मोटर साईकल समेत नुनथरमै थिए ।
सो बिषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा संपर्क हुन सकेन । सरकारी सवारी साधन दुरुपयोग गर्ने जुनसुकै नगरपालिकाका कर्मचारी माथि कार्वाही हुनु पर्ने स्थानीय रुपेन्द्र पटेल बताउँछन् ।
विदाको दिन सरकारी गाडी कुदाउँन ईलाका प्रशासन वा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने ब्यवस्था छ । तर त्यस नियमको धज्जी उडाउदै सरकारी सवारी साधन लिएर बिदाको दिन घुमन जाने, होटेल रेस्टुरेन्ट , सामान किनमेल गरी ओसारपसार गर्न प्रयोगहुने गरेको यसअघि पनि पटक पटक गुनासो आउने गरेको थियो ।
तस्बिर श्रोत :- सामाजिक सञ्जाल फेसबुकबाट