प्राइम खबर संबाददाता | पुस ६, २०७९ बुधबार

बिहेकाे पार्टीमा झगडा हुँदा एक जनाकाे ज्यान गएकाे छ । मंगलबार राति भएकाे झगडामा पर्साकाे जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतकाे ज्यान गएकाे हाे ।


त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै-झगडा हुँदा कुटपिट भएर सैमुल्लाहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले ज्यान गएकाे घोषणा गरेकाे हाे ।



प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएकाे थियाे । झगडा हुँदा जाजुल राउत गद्दीसमेतकाे टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।