प्राइम खबर संबाददाता | पुस ७, २०७९ बिहिबार
आज भएको प्रतिनिधि सभाको सपथ ग्रहण समारोहमा १७ जना सांसद अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने बताइएको छ । संसद् भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।