सन्तोष काफ्ले | पुस ७, २०७९ बिहिबार

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संघीय संसद भवनमा पहिलो पटक प्रवेश गरेका हिन्दुबादी नेता किरण कुमार साहले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार भएको सांसदहरुको सपथ ग्रहण कार्यक्रममा साहले  नेपालको ईतिहासमै पहिलोपटक संसद भवनमा  हिन्दु संस्कृतिको पहिचान उठानका लागि संस्कृत भाषामा सपथलिएकोमा गौर्वान्वित महशुस गरेकाे बताएका छन् ।


 नेपाल र नेपाली स्नातन धर्म हिन्दुत्व रक्षाको लागि ३ करोड नेपालीको मान, सम्मान र पहिचान  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापना गराउने मुख्य उदेश्यसहित संस्कृत भाषामा पद तथा गोपनियताको सपथ लिएको उनले बताए । 
उनी  भन्छन् " यस ऐतिहासिक क्षणमा म सम्पुर्ण मतदाता, कार्यकर्ता , बुधिजिवी, अग्रजहरुलाई कृतज्ञता प्रकट गर्दै वाहाहरुलाई गर्व गर्न खालको कार्य गर्दै जानेछु भन्ने बिश्वास व्यक्त गर्न चाहन्छु ।" 
गेरु वस्त्रमा सजिएर सपथ ग्रहण कार्यक्रममा सहभागी सांसद साहको अहिले व्यापक चर्चा र परिचर्चा  चुलिएको छ । उनी रौतहट क्षेत्र नम्बर दुईबाट कांग्रेस नेता मोहम्मद अफताब आलमका छोरा फिरदोष आलमलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका संघीय सांसद हुन् ।