प्राइम खबर संबाददाता | पुस ११, २०७९ सोमबार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् । लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापालाई मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’ सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको उनले बताए । संसदीय समितिमा दलको नेता बाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको भन्दै उनले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुुँ ।’ पार्टी कार्यालयमा छलफल नभएको, घरमा नबोलाई जान नमिलेको भन्दै उनले भने, ‘अपमानित भएर आएको हुँ ।’