प्राइम खबर संबाददाता | पुस १४, २०७९ बिहिबार
नेपाली कांग्रेसको मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव भारी मतान्तरले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनले मधेश प्रदेशका मन्त्री समेत रहेका राम सरोज यादवलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । कृष्ण यादवले १८ मत पाए भने राम सरोज यादवले जम्मा ४ मत मात्र पाएका छन् । कांग्रेसका २२ जना प्रदेश संसद्ले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । नव निर्वाचित संसदीय दलका नेता यादव नेपाली कांग्रेस मधेश प्रदेश सभापति समेत हुन् ।