प्राइम खबर संबाददाता | पुस १५, २०७९ शुक्रबार

नेपाली काँग्रेस निकट नेपाल बिध्यार्थी संघ रौतहटको अध्यक्ष पदमा विद्यार्थी नेता अधिकार लामिछानेले जिम्मेवारी पाएका छन् । 


पछिल्लो समय संघको जिल्ला अध्यक्ष पद रिक्त भएको हुँदा आगामी दिनमा लागि संगठन विस्तार गर्ने अधिकार अधिकारले पाएका हुन् । नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा लागेका विद्यार्थी नेता लामिछाने सांसद देव प्रसाद तिमल्सेना निकट मानिन्छन् । पार्टीमा र विद्यार्थी राजनीतिमा समेत लोकप्रिय छवि बनाएका लामिछाने केन्द्रीय समितिले तोकेर दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउँछन् । 



नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शुक्रबार एक पत्र जारी गर्दै  ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल बिध्यार्थी संघको विधान २०२७ को छैटौँ संसोधन २०७५ बमोजिम तिन महिना भित्र जिल्ला अधिवेशन गर्नेगरी अधिकार लामीछानेलाई ने.बि संघ रौतहट जिल्ला अध्यक्ष पदको लागी जिम्मेवारी दिइएको संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।