प्राइम खबर संबाददाता | पुस १८, २०७९ सोमबार

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई उनले लाखौं मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् ।
 सोमबार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका ईन्चार्ज डा. अनिल साहलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । आफनै पहलमा मेयर जयसवालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आपुर्ती महाशाखा काठमाठौंबाट सहयोग प्राप्त भिडियो एक्सरे मेसिन,अक्सिजन ,नेबुलाईजर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य संस्थालाई प्रदान गरेका हुन् । 
ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको उनले बताए । 
कार्यक्रममा नि।प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र यादव,योजना शाखा प्रमुख रामनरेश यादव , स्वास्थय संयोजक  सन्जय साह लगायतकाको उपस्थिति रहेको थियो ।