प्राइम खबर संबाददाता | पुस १९, २०७९ मंगलबार
मेचि महांकाली बुहारी संयुक्त आवाजकी संयोजक पूजा तिमल्सिनाको विशेष पहलमा सिरक वितरण गरिएको छ।
संयोजक तिमल्सिना सहितको टोलीले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित रहेका फरक क्षमता भएका नागरिकहरु लाई सिरक वितरण गरेको हो ।
मेचि महांकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशकी अध्यक्ष समेत रहेकी पुजा पाठक तिमलसिनाले उनीहरुलाई घर–घरमा गएर सिरक वितरण गरेकी थिईन् । मंगलबार चन्द्रपुर वडा नम्बर ६ का आठजना फरक क्षमता भएका व्यक्तिहरूलाई सिरक वितरण गरिएको उनले बताइन् ।
तराईमा बढ्दो चिसोका कारण गरिव,विपन्न तथा असाहायको जिवन स्तर कष्टकर बन्दै गएपछि आफुहरुले उनीहरुलाई राहतका लागि सिरक वितरण गर्ने गरेको तिमलसिनाले बताइन् । चिसो र सितलहरको यस समयमा पनि फरक क्षमता भएका नागरिकहरुप्रति जनप्रतिनिधिहरु समेत गैह्रजिम्मेवार बनेको अवस्थामा आफूले केही सकेको सहयोग गरेको संयोजक तिमल्सिनाले बताईन।
विपन्न वर्गका नागरिकका साथै असहाय र फरक क्षमता भएका नागरिकहरुको लागि यसअघि पनि उनले सिरक लगायतको सामग्री वितरण गर्दै आएको र आगामी दिनमा समेत सहयोग हरी राखिने उनले बताईन।