प्राइम खबर संबाददाता | पुस २०, २०७९ बुधबार
रौतहट
चन्द्रपुर ४ स्थित रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरवाहीको पराकाष्ठा नाघेको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ ।
उपभोक्ता समितिको म्याद नाघेको लामो समय हुँदा सम्म पनि साधारण सभा नभएको भन्दै बुधबार खानेपानी तथा सरसफाई उपभोक्ता समिति चन्द्रनिगाहपुरलाई विनोद दुलालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको छ । नेकपा माओबादी केन्द्र वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष समेत रहेका दुलालले विभिन्न सात बुँदे माग सहितको ज्ञापन पत्र समिती का अध्यक्ष दीपक धिताल समक्ष पेश गरेका छन् । समितिको हिसाब किताब पारदर्सी हुनुपर्ने, उपभोक्ताको आवश्यकता अनुसार बिहान बेलुका समयमा नै पानी उपलब्ध गराउनु पर्ने, कप्तान टोलमा रहेको खानेपानी निरन्तर उपलब्ध गराउँदै सो क्षेत्रमा पानी वितरण गरिनुपर्ने, पानी ट्याङ्की वरपर सुरक्षाको निम्ति बतिहरु जडान गर्नुपर्ने र उपभोक्ता समितिको यथाशीघ्र साधारण सभा गर्नु पर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको नेता दुलालले बताए ।
माओवादी टोलीको ज्ञापन पत्र बुझदै समितिका अध्यक्ष धितालले आगामी फाल्गुण मसान्त भित्र साधारण सभा सम्पन्न गराउने आश्वासन दिएको दुलाल बताउँछन् । उता धिताल भने, समितिको हिसाब सचिब राम बहादुर घलानको जिम्मामा रहेकाले घलान सँगै समन्वय गरेर हिसाब सार्बजनिक गरिने भन्दै आर्थिक कुरामा पन्छिन खोजेका छन्।