प्राइम खबर संबाददाता | पुस २२, २०७९ शुक्रबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्ले आफै चन्द्रनिगाहपुरको मुख्यचोकमा वर्षातको समयमा हुने जलमग्न काे समस्या निराकरणका लागि भिडेका छन ।
वि सं २०२६ सालमा बनेको पुर्व पश्चिम राजमार्गको गैडाटार जाने बाटोबाट आँउने पानी सडक मुनीको पुरानो कल्भटमा जाम हुँदा पानीको निकास नभएर समस्या रहँदै आएको थियो । जाम भएका कारण हरेक बर्षायाममा पानी सडक बाटै बग्ने गरेपछि सो पानी राजमार्गको फोडेर अन्डरग्राण्ड गर्न निकै चुनौतीको विषय रहेको भएता पनि मेयर काफले पानी निकासको निम्ति ह्युम पाइप जडानको काममा भिडेका हुन । मेयर काफ्ले र चन्द्रपुर ४ का वडा अध्यक्ष रबी राना मगरको सक्रियता सडक मुनीको ह्युमपाई निकालेर नयाँ हाल्ने काम शुक्रबार भएको छ । कामलाइ छिटो ,छरितो र अभिभावकत्व गर्दै सुरक्षित रूपले काम गराउनको लागी आफै लागी परेको मेयर काफलेले बताए ।
हरेक बर्षायाममा सो स्थानको ह्युमपाईपबाट पानी नबगेर आआर गेष्ट हाउस अगाडीको राजमार्गनै जलमग्न हुने गरेको थियो ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोक नै बर्षातको बेला नालाको पानी नबगेर जलमग्न हुन थालेपछि नयाँ ह्युमपाईप राखेर काम अगाडी बढाउन थालेको मेयर काफ्लेले बताएका छन ।
उक्त ह्युमपाइप राखेपछि बर्षाको पानी सडकमा नजम्ने हुँदा आफूहरुको वर्षौंदेखिको समस्या अब समाधान भएको स्थानीय बालकृष्ण ठाकुरले बताए । यसअघि यहाँका कुनै पनि जन प्रतिनिधिले चासो नदिएको कार्य मेयर काफ्लेले गरेर देखाएको भन्दै स्थानीयले समेत उनको कामको प्रशंसा गरेका छन् ।