सन्तोष काफ्ले | पुस २४, २०७९ आइतबार
घरेलु हिंसा बिषयक कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मेचि महाकाली बुहारी संयुक्त आवाज नामक गैरसरकारी संस्था मधेश प्रदेशको आयोजनामा आइतबार चन्द्रपुर ४ स्थित एक होटलमा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको मधेश प्रदेशकी संयोजक पुजा पाठक तिमल्सिनाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षक अधिवक्ता रतिसकान्त झा रहेका थिए । अधिवक्ता झाले घरेलु हिंसाको प्रकार ,घरेलु हिंसामा के कस्ता हिंसाहरु पर्दछन् , घरेलु हिंसा सम्बन्धि कानुन र सजाय लगाएतका बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रम सञ्चालन गोपाल हुमागाईंले गरेको सो कार्यक्रमको प्रमुख अतिथीमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय कुमार काफ्ले, विशिष्ट अतिथीमा इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका प्रमुख सन्तु प्रसाद जयसवार , अतिथीहरु महिलासेल गरुडा इन्चार्ज फुलमाया गुरे,मेची महाकाली संयुत्त आवाजका सर्लाही र रौतहटका महिला अधिकारकर्मिहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।