प्राइम खबर संबाददाता | पुस २४, २०७९ आइतबार
रौतहटमा भन्सार छलिका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साझ ७ बजे प्रहरी चौकी मठियाबाट खटिएका प्रहरी गस्तिले रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ महुलिया टोल स्थित नेपाल भारत सिमाना सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीहरुलाई समेतलाई चेकजाच गर्ने क्रममा भारतबाट नेपाल महुलिया तर्फ आउदै गरेका दुईजनालाई चेकजाँचको क्रमममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ का २१ बर्षिय राजन कुमार राय र सोही स्थानका २२ बर्षिय निल साह रहेका छन। उनीहरुको साथबाट अन्दाजी १ लाख ६२ हजार ५ सय ४७ रुपिया बराबरको १५ थान मोबाइल बरामद गरि नियन्त्रणमा लिईएको रौतहट प्रहरीले जनाएको छ । साथै आइतबार नै प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ति टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर ७ र ८ बाट अन्दाजी ७९ हजार २ सय बराबरको युरिया मल ५७ बोरा र चिनी १३५ किलो वेवारिसे अबस्थामा फेला पारेको समेत गरि जम्मा अन्दाजी ३ लाख ४१ हजार ७ सय ४७ बराबरको सरसमान रितपुर्वक बरामद गरि अनिल साह र राजन कुमार समेतलाई आवश्यक कारवाहीका लागी आइतबार गौर भन्सार कार्यालय रौतहटका बुझाइएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।