प्राइम खबर संबाददाता | पुस २६, २०७९ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन्। 


संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। 



प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन्। बैठकमा २७० जना उपस्थित थिए।