प्राइम खबर संबाददाता | माघ १, २०७९ आइतबार

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको उक्त  यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । चालक दलका सदस्यसहित कूल ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ ।


बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ९एन एएनसी एटीआर ७२ जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा २५ शव निकालिएको छ भने अन्य थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।