प्राइम खबर संबाददाता | माघ २, २०७९ सोमबार
बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ ।
भलवाडको कपिलधाममा सोमबार देखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोहमद पाखिया को निधन भएको हो ।
मृतक नासिरले बिगत ४० बर्षदेखि बरफ बेच्दै आएका थिए । दुर्घटनामा थप तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।