प्राइम खबर संबाददाता | माघ ६, २०७९ शुक्रबार
रौतहटको गढीमाई नगरपालिका स्थित समनपुर बिजय स्मार्क चौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण कार्यको सुरुवात गरिएको छ ।
उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो शीत भण्डार सञ्चालनमा आएपछि गढीमाई नगरपालिकाका कृषकहरु लाभान्वित हुने बताइएको छ।
३ हजार मेट्रिक टनका अन्न भण्डारण क्षमता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव बताउँछन् ।
शुक्रबार सो शीत भण्डार (कोल्ड स्टोर) को शिलान्यास गर्दै गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले नगरका सबै वडाका कृषकहरु समेत उक्त शीत भण्डार लाभान्वित हुने बताए ।
शित भण्डार निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण कार्य अघि बढ्ने वडाध्यक्ष दिपेन्द्र श्रेष्ठ बताउँछन् ।
गढीमाई नगरपालिका समनपुरमा कृषकको आवश्यकतालाई मध्यनजर गर्दै शीत भण्डार निर्माण कार्यको थालनी गरिएकोमा स्थानीय कृषकहरु समेत खुशी भएको राजु सहनीले बताए ।