प्राइम खबर संबाददाता | फागुन १९, २०७७ बुधबार
रौतहट- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न झुठा मुद्दाहरुमा कांग्रेसको युवा नेता मोहमद आफताव आलमलाई नेकपा सरकारले फसाएको आरोप लगाउँदै उहाँले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रुपमा आलम माथि लागेको मुद्दालाई सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
जिल्लाको गढिमाई नगरपालिका ६ धर्मपुर स्थित श्री विष्णु महायज्ञको उदघाटन गर्न आएका सभापति देउवाले नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने र सत्यको पक्षमा उभिने पाटी भएकाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा सत्यलाई मात्र साथ दिने प्रस्ट परेका छन् ।
उनले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यकता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताए । 'दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसक्ने नेकपाका कारण संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथिनै खतरा उत्पन्न भयो' उनले भने 'मुलुकलाई नेपाली काँग्रेसको अवश्यक्ता पर्यो भने निकास दिन हामी तयार छौं ।’
सत्ता संचालन कसरी गर्ने वारे नेकपा भित्रको आन्तिरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको वन्दि बनाउने, आपसी गुटवाजी गरी पार्टी विभाजन तर्फ जाने जस्ता कार्यबाट नेपाली जनताहरु आजित भएको परिवेशमा यो व्यवस्था जोगाउन नेपाली काँग्रेसले कुनै कसुर बाँकी नछोडने सभापती देउवाको भनाई थियो ।
परी आएको खण्डमा सरकारको नेतृत्व भुमिका निर्वाह गर्ने तर सत्ताको लोभमा चै नभएको उनले बताए ।