प्राइम खबर संबाददाता | माघ १८, २०७९ बुधबार
वर्षौंदेखि रौतहट जिल्लाको सदरमुकाम गौर नपा वडा नं ५ स्थित दूध डेरीको आडमा सर्वसाधारणको जीवनसँग खेलवाड गर्दै अबैध तरिकाले बिक्रीवितरण गरिरहेको फुलतारा डेरी उधोगमा नेपाल प्रहरीले छापा मारेर संचालकलाई पक्राउ गरेको छ ।
अखाद्यय वस्तुको मिलावट गरि घ्यु बनाउदै गर्दा गौरको फुलतारा डेरि उधोगमा प्रहरीले छापा मार्दा करिब १० क्विन्टल भैसिको बोसो बरामद भएको छ । डेरी संचालक दाइ भाइलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धानको लागि अन्य प्रक्रिया अगाडि बढाएको बताएको छ।
फुलतारा डेरी उधोगको संचालक राजपुर नगरपालिका वडा नं.१ पिपरा भगवानपुर निवासी शेख अतिउल्लाहा अली महम्मदलाई प्रहरीले पक्राउ गरेका छन् ।
उनले भारतबाट केमिकल र बोसो आयात गर्दै मेसिन बाट घ्यू र दूध उत्पादन ग़री बेच्ने गरेको पाइएको छ ।