प्राइम खबर संबाददाता | माघ १, २०७७ बिहिबार

रौतहटको चन्द्रनिगाहपुरमा छैठौ राष्ट्रिय योग दिबस मनाइएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र रौतहटको आयोजनामा प्रभात फेरी गरी जनज्योती माध्यमिक बिद्यालयको प्राङ्गणमा योग गरेर राष्ट्रिय योग दिबस मनाइएको छ । गरौ योग डटेर, कोभिड जान्छ हटेर भन्ने नाराका साथ यो दिबस मनाइएको छ । दिबसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले पछिल्लो समय मानिसहरुमा खानपान र स्याहारको कमी भैरहेको अबस्थामा योगा गर्नु स्वास्थ्यको लागि राम्रो हुने यादवले बताएका छन । सो कार्यक्रमको संचालन बिनय झाले गरेका थिए भने जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख शिब शंकर यादबको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको चन्द्रपुर नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष खड्ग कुष्वारले बताएका छन् ।