प्राइम खबर संबाददाता | फागुन २०, २०७७ बिहिबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश २ का ८ विद्यालयहरुले सहभागिता जनाउने छन ।
फागुनको २४ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगितामा बालनिकेतन माबी,चन्द्रपुर रौतहट ,नेपाल प्रहरी स्कुल,रौतहट,बारा एकेडेमी पिलुवा,न्यु एलाइट स्कुल,कर्मैया सर्लाही,सनसाइन इङलिस बोर्डिङ स्कुल,बर्दिबास महोत्तरी,नमुना नमोदय विद्यालय,सर्लाही,मुनलाइट एकेडेमी,बिरगंज पर्सा र ब्राइट लाइन स्कुल कलैया,बारा गरेर ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार नगद,दोश्रो हुने टिमलाई १५ हजार नगद,मेडल,प्रमाणपत्र,ट्रफी प्रदान गरिने छ भने प्रत्येक म्याचका म्यान अफ दि म्याचलाई १ हजार नगद,विभिन्न ८ बिधामा उत्कृष्ट हुनेलाई जनही २५ सय,प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल,प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यालय पढ्ने उमेरदेखीनै खेलकुदको महत्त्व बारेमा जानकारी दिने उद्देश्य बोकेको बालनिकेतनले पठ्नपाठन सङै खेलकुद पनि आवश्यक रहेकाले प्रतियोगिताको आयोजना गरेको आयोजक विद्यालयका प्राचार्य दीपक रेग्मीले बताए ।