प्राइम खबर संबाददाता | माघ २१, २०७९ शनिबार
नेपाल प्रेस युनियनकाे मधेस प्रदेश समितिकाे अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
बाराकाे कलैयामा शनिबार बेलुकी सम्पन्न प्रेस युनियन मधेस प्रदेशकाे प्रथम अधिवेशनले बाराका पुराना पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे हाे । अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा धनुषाका अजय साह, समावेशी उपाध्यक्षमा साेम दयाली , महिला उपाध्यक्षमा रमीता नेपाल, महासिचवमा बाराका अजय कुमार साह, सचिवमा बाराका सन्ताेष पाण्डे ,पुस्तिका केसी र मनाेज माझी तथा काेषाध्यक्षमा पर्साका उदय दास थारु पनि सर्वसम्मत चयन भएका छन् ।