प्राइम खबर संबाददाता | माघ २२, २०७९ आइतबार

 हात्तीपाईले राेग विरुद्वको औषधी खुवाउने अभियानकाे जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठी गौरमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय राैतहटले आयोजना भएको गाेष्ठीमा सबै स्थानिय तहका नगर प्रमुख/उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा राेग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सहभागिता रहयो । जिल्लामा फाल्गुन ११ गते देखि २५ गते भित्र जनताकाे घर घरमै गई औषधी खुवाईने कार्यक्रम रहेका छ । इपिडिमियोलोजी तथा राेग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत  राम कुमार महतो तथा  आर टि आई प्रमुख  धर्मपाल रमणका अनुसार जिल्लाका जनसंख्या लगभग ८ लाख ४८ हजार  हो । जस मध्य  २ वर्ष भन्दा कम, सिकिस्त विरामी, गर्भवती महिला, सात दिने सुत्केरी र गम्भीर रोग लागेका व्यक्ति हरुले बाहेक सबै जनतालाई यो औषधी खुवाउने कार्यक्रम रहेको छ । स्वास्थ्य कार्यालयका प्रमुखका अनुसार जिल्लाका औषधि खाने समूहले यसपाली  सबैलाई औषधि खुवाउने योजना रहेको स्वास्थ्य प्रमुख सुरेश यादवले बताए । सो औषधी मधेश प्रदेशका राैतहट,सर्लाही, महोत्तरी, बारा र धनुषा सहित देशका १५ जिल्लामा एकै साथ खुवाईनेछ। विगतमा यस्ता कार्यक्रम मार्फत हात्तीपाईले राेग विरुद्धका औषधी पटक पटक खुवाउदा जनताले नखाई दिदा पुन: अभियान सञ्चालन गर्नु परेकाे हाे । यस वर्ष पालिकाका अगुवाइमा औषधी खुवाउने हुदा कार्यक्रम उदेश्य अनुरुप सफल हुने अपेक्षा गरिएको छ। यस औषधि खोजी खोजी खान र खुवाउन अनुरोध गरिएको छ।