प्राइम खबर संबाददाता | माघ २४, २०७९ मंगलबार

रौतहटबाट प्रहरीले एउटा चामल चिउरा मिलको गोदामबाट २८७ बोरा चामल बरामद गरेको छ । भन्सार छलेर भारतबाट ल्याएर गोदाममा थन्काएको अवस्थामा गौर नगरपालिका ५ स्थित नन्दलाल चामल चिउरा मिलबाट २ सय ८७ बोरा चामल बरामद गरेको हो ।


सोमबार जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका, भन्सार कार्यालय र कर कार्यालय लगाएतका प्रतिनिधिको संयुक्त टोलिले सो चामल मिलसमेत शिलबन्दी गरेको छ ।



गोदमघर शिलबन्दी गरि आन्तरिक राजस्व कार्यालय पथलैया बारा सँग समन्वय गरि थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।