प्राइम खबर संबाददाता | फागुन २, २०७९ मंगलबार

चन्द्रपुरमा हातीपाईले रोग बिरुद्धको औषधी आगामी ११ गते बाट खुवाईने तयारी भएको छ । 


चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठिमा सोको जानकारी गराइएको हो । "हातीपाईले बिरुद्धको औषधी खाऔ यो बर्षलाई अब अन्तिम बनाऔ" भन्ने मुल नाराका साथ हातीपाईले रोगको आम औषधी सेबन अभियान हुन लागेको स्वास्थ्य साखाले बताएको छ ।  स्वास्थ्य शाखाका संयोजक राजेश ठाकुर सबै नागरिकले हातीपाईले रोग बिरुद्धको औषधी खान जरुरी रहेको बताए । सो गोष्ठिमा उपसचिब कृष्ण प्रसाद सिग्देल सहित सरोकारवाला निकायको समेत उपस्थिति रहेको बताइएको छ । चन्द्रपुर नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरुलाई समेत खबर गरिएको भएतापनि वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईराला मात्र कार्यक्रममा  सहभागि थिए ।