प्राइम खबर संबाददाता | फागुन २१, २०७७ शुक्रबार

नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गरेका छन् । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गरेका हुन  । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । हिजो साँझ ५ बजे नवलपरासी प्रवेश गरेका  विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बसेका थिए । विहान देवचुली  स्थित कार्यकर्ताहरुसंगको भेटघाट पछि विप्लव  काठमाण्डौं प्रस्थान  गरेका हुन  । उनी देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी सहित  काठमाण्डौ जान लागिएको जनाइएको छ । उनी  मुग्लिन कटेको र चितवनबाट प्रहरीले स्कटिङ गरेको जनाइएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाण्डौमा सार्वजनिक हुनु अघि नवलपुरको देवचुलीमा साढे ४ घण्टा विताएका थिए।