प्राइम खबर संबाददाता | फागुन ४, २०७९ बिहिबार

समयमा पुल नबनेको भन्दै तीन दिन अघि अनसन बसेका पत्रकार सञ्जय सहनीले आगामी डेढ वर्षमा पुल बन्ने भएपछि आमरण अनशन तोडेका छन् ।


रौतहटको गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदि माथी बनेको अधुरो पुल तत्काल निर्माणको लागि आमरण अनशन बसेका पत्रकार सहनी र सरोकारवाला संग १ वर्ष ६ महिनामा पुल निर्माणको कार्य सम्पन्न हुनेमा सहमति भएपछि सहनीले बिहीबार चौथो दिनमा आमरण अनशन तोडेका हुन्। 



पुल महाशाखा प्रमुख उमेश विन्दु श्रेष्ठ , संघीय सडक प्रमुख डा.बिजय जैसीको संगको समझौतामा र पुर्व प्रधानमन्त्री तथा राैतहट १ का सांसद माधव कुमार नेपाल, क्षेत्र नं. २ का सांसद किरण साह, क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्य नागेन्द्र साहको रोहबरमा अनशन तोडेको स्थानीयले बताएका छन् ।