प्राइम खबर संबाददाता | फागुन १०, २०७९ बुधबार

पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ जनालाईँ कास्की प्रहरीले पक्राउ गरेको छ । मगंलबार राती फरक फरक समयमा विभिन्न बैंकका एटिएम फोर्न प्रयास गर्ने छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । 


पोखरा १० रामबजार स्थित एनआईसी एसिया बैंक , पोखरा १५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र पोखरा १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा सिटि क्यामेरा कागजले छाप्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।



चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।