प्राइम खबर संबाददाता | फागुन ११, २०७९ बिहिबार

मधेश प्रदेशका जिल्लाहरूमा हात्तीपाईले रोगको  जोखिम देखिएपछि हात्तिपाइले बिरुध्दको औंषधी खुवाउन सुरु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार नेपालमा हात्तीपाईले रोगीको सङ्ख्या ३० हजार रहेको छ । नेपालमा पाईने रोगी मध्ये धेरै रोगीहरू  मधेशका जिल्लाहरूमा रहेको अनुमान छ ।
मधेश प्रदेशका केहि जिल्लाहरूमा १० पटकसम्म हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउँदा पनि रोगीहरू फेला पर्नुलें त्यसको प्रभावकारिता माथि नै प्रश्न चिन्ह नउठेका पनि होइनन् । अभियानको रुपमा  फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने चन्द्रपुर अस्पतालका स्वास्थ्यकर्मी मातृका चालिसे बताउँछन् ।
११ गतेबाट बारा, पर्सा, रौतहट, धनुषा लगायतका जिल्लाका सबै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको र सोही अनुरूप स्वास्थ्य शाखाका कर्मचारीहरु फिल्डमा खटि सकेका चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले बताए । विश्व स्वास्थ्य सङ्गठनले उचाइका आधारमा औषधि खुवाउनका लागि निर्देशन समेत दिएको छ।