प्राइम खबर संबाददाता | फागुन २२, २०७७ शनिबार

रौतहट जिल्लाको गैडाटारमा पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगीता शुरु भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ को सहयोग  तथा  कछडिया समाज युवा क्लवको अगोजनामा शनिबारबाट शुरु भएको प्रतियोगीताको चन्द्रपुर नगरपालिकाकी  उपप्रमुख रामरति चौधरीले उद्घाटन  गरेकी छिन् । 
  प्रमुख अतिथि रामरति चौधरीले नगरपालिकाले खेलकुदलाई प्राथमिकता रहेको बताउनु हुदै अब नगरपालिकाको सहयोगमा यस्ता प्रतियोगीता सञ्चालन गर्न तयार रहेकाले अन्य निकायका साथै नगरसँग पनि समन्वय गर्न आग्रह गर्नु भयो  । आज भएको उद्घाटन खेलमा कछडिया समाज युवा  क्लव गैडाटार र रतनपुर युनाइटेड युवा क्लव  बीच भएको खेलमा  कछडिया समाज युवा  क्लव गैडाटार  विजयी भएको छ । रतनपुर लाई टाईब्रेकरमा हराउँदै गैंडाटार विजयी भएको हो । 



कार्यक्रममा सहयोगी चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्यद्वय काजीमान माझी,सरस्वती खुलाल, रौतहट फुटबल संघका जिल्ला अध्यक्ष भगवान दर्लामी,भुमेश्वर गुरो,विनोद चौधरी, महारत्न विष्ट तथा आयोजक तिलक धामी लगायत अथितीहरुको सहभागीता रहेको आयोजक संस्थाका जितेन्द्र धामीले बताए ।