प्राइम खबर संबाददाता | फागुन ११, २०७९ बिहिबार

रौतहट स्थित चन्द्रपुरका एक स्थानीय यूवाले  विना दाइजो विवाह गरेका छन ।
मधेशमा  विना दाइजो त विवाहको कल्पना नै गर्न सकिँदैन भन्नेहरुलाई  मोतियाहीका डा. विजय साह कानुले गतिलो उदाहरण दिएर समाज रुपान्तरणमा लागेका छन् । प्राय स्थानीय समाजमा  दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु सरह रहेको अवस्थामा डा.साहले बुधबार विना दाइजो आदर्श विवाह गरेर समाजमा उदाहरणीय काम गरेका स्थानीय राजेश चौधरी बताउँछन् । उनले विवाहमा दाइजो लिने र दिने परम्परा समाजको कुप्रथा रहेको हुँदा सो हटाउन आवश्यक रहेको उनले बताए ।  उनले दाइजो अस्वीकार गर्न अन्यलाई समेत आग्रह गरेका छन ।
 एमबिबिएस अध्ययन पूरा गरेर  मकवानपुर स्थित मनहरी अस्पतालमा मेडिकल अफिसर भएर काम गरिरहेका छन  उनी मध्यम परिवारमा हुर्केका हुन्। 


स्थानीय सरकारी विद्यालय जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी सम्मको अध्ययन उत्कृष्ट अङ्कका साथ पूरा गरी  बिजय सन् २०१५ सालमा  सरकारले उपलब्ध गराउने  छात्रवृत्ति कोटामा नाम निकालि एमबिबिएस उतिर्ण पश्चात चिकित्सा क्षेत्रमा जोडिएका हुन् ।
घरमा विवाहको कुरा चलेपछि विना दाइजोको आदर्श विवाह गर्ने पारिवारिक सहमति पश्चात मात्रै उनी विवाह गर्न राजी भएका थिए ।
उनले बाराको महागढिमाई नगरपालिका घर भएका ओमप्रकाश साह कानुकी छोरी प्रीयन्का गुप्तासँग बुधबार वीरगञ्जमा आदर्श विवाह गरेका हुन् । उनकी नबवधु प्रीयन्का पनि पेशाले ल्याब टेक्निसियन हुन्।
‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान अपुग छैन ।’ डा. विजयका बुवा हृदय नारायण साहले भने । उनी भन्छन ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’
‘दाईजो प्रथा एक कुप्रथा हो, कसैले स्वच्छाले दिने गर्दछ त कतिले कर कापले नै, कारण कतिपय महिलाले दाइजोकै कारण मृत्यु समेत भोग्नु परेको छ ।’  दाइजो उन्मूलन अभियानका बागमती प्रदेश संयोजक तपेश्वर यादवले भने ।
मधेशमा बिकृतीको रुपमा रहेको दाईजोको कुप्रथा चिर्दै आदर्श बिवाह रोजेपछि आफुलाई खुसी साथ गर्व महसुस भएको नवविवाहित डा. विजयले बताए ।