प्राइम खबर संबाददाता | फागुन १२, २०७९ शुक्रबार

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी संगठनबीच तालमेलका लागि कार्यदल गठन भएको छ ।


त्रिभुवन विश्वविद्यालयले ५ चैतमा गर्ने चुनावका लागि तालमेल गर्न कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले कार्यदल समेत बनाएका छन् ।



तीन सदस्यीय कार्यदलमा नेविसंघबाट दिनेश शाही, अखिल क्रान्तिकारीबाट उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूबाट उपाध्यक्ष हिरेन्द्र शाही रहेका छन् ।



कार्यदल स्तरको छलफलपछि तीनवटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्ने तयारी समेत गरेका छन् । ६ वर्ष पछि हुन लागेको यस स्वबियु निर्वाचनलाई दलहरुले महत्वका साथ हेरिएको बताएका छन्।