प्राइम खबर संबाददाता | फागुन १६, २०७९ मंगलबार

राैतहट जिल्लाकाे चन्द्रनिगाहपुरबाट बन् पैदावारको अवैध  उत्खनन् कार्यमा संलग्न दुई ट्याक्टरलाई नियन्त्रण  लिइएकाे छ ।


 जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित रहेकोकाे चादी खोला पारीकाे वन क्षेत्रबाट अवैध रुपमा माटो उत्खनन गरि ट्याक्टरमा धमाधम लाेड गरिरहेकाे अबस्थामा दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले बताए  । उत्खननमा संलग्न ट्याक्टरलाई  प्रमुख  कर्ण सहितको टोलीले  नियन्त्रणमा लिएको हाे ।



बन कार्यालयको टोली देखेपछि माटो काटेर लोड गर्दै गरेका ट्रयाक्टरका चालक र लेबरहरु भने ट्रयाक्टर छोडेर भाग्न सफल भएकोले ट्रयाक्टर लाई नियन्त्रणमा लिएको बताइएको छ। सो बन क्षेत्रमा बन पैदावारको चोरी तस्करी गर्दै माटो काट्नाले ठूलो ठूलो खाडल समेत बनेका छन्।