प्राइम खबर संबाददाता | फागुन १७, २०७९ बुधबार

रौतहटको चन्द्रनिगाहपुर स्थित रहेको होटल एएन प्लाजा चन्द्रपुरको भान्साबाट दुषित खानेकुरा बरामद गरि नष्ट गरिएको छ ।
बुधबार सो होटलमा रहेको भान्सामा कुहिएका मासु,सडेगलेका मासुजन्य परिकार होटलम  फेला परेको बताइएको छ।
होटलमा ग्रहकको लागि पकाउन तयार पारेको दुषित मासु बरामद गरि नष्ट गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका अधिकृत हेमराज फुयालले जानकारी दिएका छन । उपभोक्ता आफै पनि सचेत हुनुपर्ने अघिकृत फुयालको सुझाव छ । 


सो होटलमा सडेगलेक‍ो अखाध्य मासुजन्य पदार्थ बिक्री गरेको पाईएकोले बरामद गरि नष्ट गरेको उपभोक्ता हित संरक्षण मन्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताएका छन । पछिल्लो समय उक्त होटलमा लापरबाही निकै बढ्दै गएको र ग्राहकमैत्री र खानाको गुणस्तर नभएको गुनासो बढ्दै आइरहँदा यो घटना बाहिरिएको हो। 



नगरपालिका भित्र रहेका अन्य होटल लगायत दैनिक उपभोग्य वस्तुको खरिदमा समेत उपभोक्ता ठगिँदै आएको जनगुनासो बढ्दै गएको भएतापनि सम्बन्धित सरोकारवाला निकायले नियमन र अनुगमन गर्न सकेका छैनन्।