प्राइम खबर संबाददाता | फागुन १८, २०७९ बिहिबार

रौतहट जिल्ला सदरमुकाममा अवस्थित यातायात सेवा कार्यालय गौरबाट पनि अब सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सकिने भएको छ । गौरमा रहेको यातायात कार्यालयले थप  सेवा विस्तार गर्दै  बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्धाटन गरेका छन् । 


यातायात सेवा कार्यालय गौरका  प्रमुख अमरेन्द्र कुमार दासको अध्यक्षतमा भएको सेवा विस्तार कार्यक्रमका प्रमुख अथिति मुख्यमन्त्री यादवले विधिवत रुपमा रिवन काटेर  कम्प्युटरमा क्लिक गर्दै  सवारी चालक अनुमतिपत्रको म्याद थप गर्दै  सवारी चालक अनुमतिपत्र सेवाको उद्घाटन गरेका हुन् । 



गौरमा भएको सेवा विस्तारले जिल्लाबासि मात्र नभई छिमेकी जिल्लाका सेवाग्राहीले समेत सवारी साधनको सवारी चालक अनुमतिपत्र लिन भोगिरहेको समस्या  सहज हुने भएको छ ।