प्राइम खबर संबाददाता | फागुन २३, २०७९ मंगलबार
फाल्गुण २२ गते, रौतहट । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् ।
वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी र उपमेयर संगिता देवी रामले दुबै जना सोमवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी पत्रकारहरुसंग रंग अबिर दलेर शान्तिपूर्ण तरिकाले निकै उत्साहका साथ होली मनाएका हुन ।
मेयर कुर्मीले हर्षाहामा होली मिलन कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार क्षेत्रका पत्रकारहरुसंग होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका हुन ।
पहाडमा सोमवार र मधेशमा मंगलवार मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उदेश्यले पत्रकार, प्रहरी र जनप्रतिनिधि सम्मिलित टोलीले सामान्य रंग, अबिर एकापसमा दलेर होली मिलन कार्यक्रम मनाएको हो ।
सो अवसरमा नगर प्रमुख कुर्मीले शान्त र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै जबरजस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेका थिए ।
नगर प्रमुख कुर्मीले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न सबैलाई अनुरोध गरेका थिए । वृन्दावन नगर प्रमुख कुर्मीले टिका र गम्छा ओढाएर दर्जनौ सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेका थिए ।
जिल्लाका अन्य जनप्रतिनिधिहरुले पनि सोमवार पत्रकाहरुसंग होली मनाएका छन् ।