प्राइम खबर संबाददाता | फागुन २४, २०७७ सोमबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगीताको सोमबार उद्घाटन समारोह सम्पन्न भएको छ ।
 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित स्व: शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा प्रदेश नंबर २ का  प्रहरी प्रमुख डिआईजी  धीरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा सो उद्घाटन समारोह सम्पन्न भएको हो । 
 उद्घाटन कार्यक्रम साथी शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकुमार भट्टराइको सभापतित्व एबम्  प्रदेश  प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा भएको हो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, संविधानसभा सदस्य एबम् पुर्व उर्जा राज्यमन्त्रि सत्यनारायण भगत अखिल नेपाल फुटबल संघ प्रदेश नं २ का अध्यक्ष नेपाल कार्की, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।



    सोमबार भएको उद्घाटन खेलमा मुनलाइट इङलिस बोडिङ स्कुल पर्सालाई २—१ गोल अन्तरले सन साइन एकेडेमी  महोत्तरी विजयी भएको छ । महोत्तरीका लागी दुबै गोल जर्सी नम्बर ७ का पवन पाख्रीनले गरेका थिए । आजको उत्कृष्ट खेलाडीको रुपमा म्यान अफ दि म्याच महात्तरीका पवन पाख्रीन घोषित भई एक हजार नगद सहित ट्रफी प्राप्त गरेका छन । 
 बाल निकेतन आवासीय विद्यालय विद्यालयको आयोजनामा सञ्चालित फुटबल प्रतियोगिता फाल्गुन २९ गते सम्म चल्ने आयोजक विद्यालयका शिक्षक श्याम कार्कीले बताए ।