प्राइम खबर संबाददाता | फागुन २५, २०७९ बिहिबार
रौतहट जिल्लाको मौलापुर स्थित पथरा बुधराममा मदिरा सेवन गरी सामान्य विवादको रिसमा छुरा प्रहारबाट एक जानाको मृत्यु भएको छ।
मंगलबार राती संजय महतो र नरेश महतो वीच विवाद भएको रिसमा मौलापुर नगरपालिका – ६ पथरा बुधराम बस्ने अन्दाजी ४१ वर्षिय नरेश महतो माथी ससुराली घर होली मनाउन आएका देवाही गोनाही नगरपालिका वडा ७ बस्ने २२ वार्षिय संजय महतोले बुधबार विहान नरेश महतो माथी छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते नरेश महतोको उपचारको लागि शान्ति सेन्ट्रल हस्पिटल मौलापुरमा ल्याए पछि उपचार सम्भव नभएकोले थप उपचारका लागि विरगंजतर्फ लैजाँदै गर्दा विहिबार विहान ८:३० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरोपी संजय महतो पथरा बुधराम बस्ने साहेब महतोको ज्वाइँ रहेको खुलेको छ । उक्त घटनामा संलग्न रहेका संजय महतो सहित ५ जानालाई मौलापुर ईलाका प्रहरीले साहेब महतोको निजि निवासबाट पक्राउ गरेका छन् ।उक्त घटना बारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता उमाशंकर प्रसाद यादवले बताए ।