प्राइम खबर संबाददाता | फागुन २७, २०७९ शनिबार
रौतहट जिल्लामा एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखि क्याम्पसमा युनियनको निर्बाचनका लागि नेपाल बिद्यार्थी संघले शनिबार उम्मेदबारी दर्ता गराएको छ । संघका जिल्ला अध्यक्ष अधिकार लामिछानेले नेतृत्व गर्दै क्याम्पसमा उम्मेद्वारहरुलाई मनोनयन गराएका छन्।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने कार्यतालिका सार्बजनिक गरेसंगै नेपाल बिद्यार्थी संघले संगम श्रेष्ठको सभापतित्वमा प्रत्यक्ष तर्फ पुरै प्यानल सहितको उम्मेदबारी दर्ता गराएको छ ।भने संगठनले समानुपातिक निर्वाचन प्रणालीको लागि समेत उम्मेदवारको सूची बुझाएको अध्यक्ष लामिछानेले बताए ।
संघको तर्फबाट उम्मेदबारी दर्ता गर्नेमा सचिब पदमा मोहम्मद नौसाद आलम, कोषाध्यक्षमा संगिता कुमारी चौधरी, सदस्यहरुमा क्रमश बिकल कार्की, कृति घिमिरे, शैलेश कुमार पासवान, कसमिर प्रसाद दाहाल, राकेश कुमार साह, बिशाल चौधरी, जय प्रकाश बैठा रहेका छन ।
जनज्योति बहुमुखी क्याम्पस नेबिसंघ ईकाई सभापति भिमराज अधिकारी सहितका विद्यार्थी नेता कार्यकर्ता सहितको दलबलसहित निर्बाचन समितिको कार्यतालिका अनुसार उम्मेदबारी दर्ता गराएको लामिछानेले बताए । निरन्तर बिद्यार्थीको हकहितमा कार्यगर्दै आईरहेको विद्यार्थीको मनमा बस्न पनि सफल भएको हुनाले सो क्याम्पसमा नेबिसंघले स्वबियु निर्बाचनमा विजयी हुने कुरामा कुनै दुइमत नरहेको अध्यक्ष लामिछानेले बताए।