प्राइम खबर संबाददाता | फागुन २७, २०७९ शनिबार
रौतहटको चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी हुने स्वबियु निर्वाचनमा बाम घटक विद्यार्थी संगठनहरु गठबन्धन सहित संयुक्त प्यानल बनाएर चुनाब लडने भएका छन ।
शनिबार नेकपा एमालेको भातृ संगठन अनेरास्वबियु,नेकपा एसको भातृ संगठन अनेरास्वबियू,नेकपा माओबादीको भातृ संगठन अखिल क्रान्तिकारी र जनमत पार्टी नेपालको भातृ संगठन बिद्यार्थी जनमत संघ बिच संयुक्त प्यानल बनाएर उमेदवारी दिएका छन् ।
नेकपा एसको भातृ संगठन अनेरास्वबियूका विद्यार्थी नेता राधेश्याम बैठा अदित्यको नेतृत्वमा गठबन्धनका बिद्यार्थी नेताहरुले संयुक्त प्यानल सहित उमेदवारी दिएको अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य देबराज न्यौपानेले जानकारी दिए । यसैगरी सचिब पदमा एमाले सर्मथित अनेरास्वबियुका दामोदर उप्रेती सफल,कोषाध्यक्षमा अखिल क्रान्तिकारीबाट अन्जना केसीले उमेदवारी दिएकि छन ।
संयुक्त प्यानलको सदस्यहरुमा विश्वास गौतम,अभिषेक कुमार चौधरी, अनिल कुमार पटेल,गौरब सापकोटा,दिक्षा चौधरी,आषिश ठाडा र नबिन कुमार साह कानु रहेको बिद्यार्थी नेता तथा सभापतिका उमेदवार बैठाले जानकारी दिए । अब क्यामपसमा बाम बिद्यार्थीहरुको बिजयलाइ कसैले पनि रोक्न नसक्ने समेत सभापतिका उम्मेदवार बैठाले बताए । पहिलो स्वबियु निर्वाचनमा पनि बाम बिद्यार्थीहरुले जितेको स्मरण गदै यो निर्वाचनमा पनि बाम गठबनधनका बिद्यार्थीहरु कै बिजयी हुनेमा आफु ढुक्क रहेको उनले बताए । हामीले तल्लो तहबाट पनि बाम एकता अपरिहार्य भएको प्रमाणित गरेर देखाउने सचिब पदका उमेदवार दामोदर उप्रेती सफलले बताएका छन ।
उमेदवारी दर्तामा नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी,नेकपा एसका युवा नेता एवम् प्रदेश सभा सदस्य प्रत्यासी उमेदवार बालकृष्ण श्रेष्ठ, नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारी,अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थी नेता राजेश पटेल र जनमत पार्टीका नेताहरु तथा बिभिन्न बिद्यार्थी नेताहरुको समेत सहभागिता रहेको थियो । यही चैत्र ५ गते देशभरका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुने स्वबियुको निर्वाचन तालिका अनुसार शनिबार उनीहरुको उमेदवारी दर्ता भएको हो ।