प्राइम खबर संबाददाता | फागुन ३०, २०७९ मंगलबार

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मंत्रालय अंतर्गत संचालित जनता आवास योजना अन्तर्गतका अधुरो घर निर्माणको कार्य तीब्र रुपमा सम्पन गराउने गरी अघि बढ़ी रहेको शहरी विकास तथा भवन कार्यालय पर्साको निमित्त कार्यालय प्रमुख मदन रायले बताएका छन ! 
आर्थिक बर्ष २०७६ /०७७ देखि सञ्चालन भएको गरीव, दलितको लागि आवासको व्यवस्थापन गर्ने योजना जनता आवास कार्यक्रमको निरिक्षण अवलोकन गर्न रौतहटको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ५ मोतीपुरमा पुगेका निमित प्रमुख रायले बताए ।
खुल्ला आकाश मुनि सुत्न बाध्य बनेका दलित समुदायका व्यक्तिलाई सुरक्षित आवासको व्यवस्था गराउने उदेश्यले नेपाल सरकारले ल्याएका योजना अनुसार रौतहटमा २ हजार ३ सय ५० जनालाइ घर निर्माण गर्ने कार्य बढ़ाइएको जानकारी दिदै रायले घरमा छाना हाल्ने कार्य नगरेको घरको कार्य समयमा संपन्न गराउने र सो कामको रकम भुक्तानी गराउनका लागि पनि स्थलगत अनुगमन शुरू गरिएको बताए । 
चालू आर्थिक बर्षमा ४ सय ५० घरको योजना रहेकोमा १ हजार ३ सय ५० घर बितरण गरिएकोमा रकम अपुग भएर भुक्तानी हुन नसकेको बताए । कार्यालय प्रमुख रायले  योजना शुरूआत भएको बर्ष देखि अहिले सम्मको घर को अवस्था निरिक्षण  गरी काम अनुसारको भुक्तानी गर्ने समेत बताए । 
रौतहटमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार घर र आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ३ सय ५० गरी जम्मा २ हजार ३ सय ५० घर बाडिएकोमा अहिले सम्म १ हजार ५ सय ३० घर निर्माण गरी सम्वन्धित लाभग्राहीलाइ हस्तानांतरण गरिएको छ । बाकि रहेको घरको कार्य अंतिम चरणमा रहेकोले छिटै निर्माण कार्य संपन्न गराई सम्वन्धित घरधनिलाइ जिम्मा लगाउने समेत उनले जानकारी गराए ।
चन्द्रपुर नगरपालिका ५ मा ३६ जनाको घर निर्माण गरिएको छ भने घर पाए पछि ख़ुशी भएको स्थानीय लाभग्राही श्रीपति माझी ले बताइन ।  उपभोक्ता समितिको अध्यक्ष समेत रहेकी मंजू माझीका अनुसार “गरीवहरुले झुपड़ी र फुसको टहरामा बस्दै आएकोले जस्ताको पक्की घर पाए पछि हर्षित भएको छ ।“  स्थानीय कन्न माझी,उदित माझी , दिनेश माझी ,उमेश माझी ,राजेश  माझी ,राजेन्द्र माझी सहित ३६ जनाको घर ३ लाख ३६ हजारको लगतको दरले निर्माण गरिएको प्रमुख रायले जनाए ।
जनता आवास कार्यक्रम अंतर्गत रौतहटको राजदेवी नगर पालिका ,वड़ा नम्बर १ पथरा , वड़ा नम्बर ६ राजदेवी , गौर नगरपालिका वड़ा नम्बर २ , ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैयामा घरहरु अधुरो रहेको कारण बसोबास गर्ने लाभग्राही पीड़ामा रहेका छन ।p
निमित्त कार्यालय प्रमुखका अनुसार बारा जिल्लामा १ हजार ९ सय ३९ घर संख्यामा १ हजार ५० घर निर्माण भई हस्तानांतरण भई सकेको र ३२७ घरको कार्य अंतिम चरणमा रहेको छ ।  पर्शा जिल्लामा १ हजार ७ सय १९ घर संख्यामा १ हजार १ सय ९४ घर निर्माण कार्य संपन्न भइसकेको तथा ७ सय ४६ घरको निर्माण कार्य अंतिम चरणमा रहेको छ ।
उनले केहि घर संख्याको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको बताएका छन । राजनितिक दलका कार्यकर्त्ताले घर निर्माण गराउने जिम्मा लिएर अहिले सम्म घरको निर्माण गर्न नसकेकोले त्यस्ता घरको बारेमा जानकारी लिने कार्य जारी राखेंको समेत उनले  बताए । विगतमा सम्बन्धित निकाय का कर्मचारीले भबन निर्माणको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न समय नदिँदा लथालिङ्ग बनेको सो कार्यक्रम मदन राय कार्यालय प्रमुख भएर आएपछि तिब्रताका साथ अघि बढ्नुको साथै निर्माण उपभोक्ता समितिले समेत काम सम्पन्न हुँदाको भुक्तानी पाउने भएका छन् ।